नियम २९
कोष सञ्चालन सम्बन्धी विशेष व्यवस्था
(१) ऐनको दफा २४ बमोजिम कोष सञ्चालन गर्न कुनै निकाय तोकिएकोमा त्यस्तो निकायले ऐन तथा यस नियमावली बमोजिम कोषलाई भएको अधिकार प्रयोग गर्न सक्नेछ।
(२) ऐनको दफा २४ बमोजिम तोकिएको निकायको सञ्चालक समिति र सो निकायको कार्यकारी निर्देशक वा कार्यकारी प्रमुख भई काम गर्ने पदाधिकारीले कोषको सञ्चालन तथा व्यवस्थापनको लागि “क्रमशः ऐनको दफा ६ बमोजिमको समिति वा दफा २१ बमोजिम नियुक्त कार्यकारी निर्देशकलाई प्राप्त अधिकारको प्रयोग गर्नेछ।
(३) ऐनको दफा २४ बमोजिम तोकिएको निकायले प्रचलित कानून बमोजिम आफूले गरी आएको कारोबार र ऐन तथा यस नियमावली बमोजिमको कोषमा जम्मा भएको रकम, कोषले गरेको लगानी, कोषको आम्दानी र खर्च एवं कारोबारको लेखा र “तत्सम्बन्धी विवरणको अभिलेख तथा लेखा छुट्टाछुट्टै राख्नु पर्नेछ ।
(४) ऐनको दफा २४ बमोजिम तोकिएको निकायले आफ्ना कर्मचारीलाई कोषको समेत काम काज गर्ने गरी खटाउन वा तोक्न सक्नेछ।
(५) “ऐनको दफा २४ बमोजिम तोकिएको निकायको केन्द्रीय कार्यालयले कोषको मुख्य कार्यालय र त्यस्तो निकाय अन्तर्गतका कायार्लयले कोषको मुख्य कार्यालय अन्तर्गतको कार्यालयको रूपमा कार्य गर्नेछ।